दैलेख : दैलेख प्रहरीले बालविवाह गर्ने पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डुंगेश्वर गाउँपालिका–५ बस्ने विक्रम नेपाली र बालिका रहेका प्रहरीले जनाएको छ। बालिकालाई ललाई फकाई प्रलोभनमा पारी विवाह गरी घरमा राखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।
दुवैजनालाई अनुसन्धानका लागि दैलेख अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिए।
यस्तै दैलेखमा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ एकजनालाई पुर्पक्षका कारागार लागि चलान गरेको छ। पुर्पक्षका लागि कारागार चलान हुनेमा शोभाकुमारी बोहरा रहेको प्रहरीले जनाएको छ। उनका विषयमा प्रहरीले थप विवरण भने खुलाएको छैन।




खुल्ला प्रेस । ८ मंसिर २०७८, बुधबार २१:३०