अहिलेको सरकार पूर्ण असफल भयाेः  पोखरेल

दैलेख: नेपाल कम्युनिस्ट पाटी (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको वर्तमान सरकार पूर्ण असफल रहेको बताएका छन् । (एमाले) दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिवार सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन सरकारले जनताका आवश्यकता भन्दा नेताका चाहाना अनुसारका मात्र काम गरेको आरोप लगाएका हुन् ।

उनले अहिले मुलुकको राष्ट्रिय राजनीति गम्भीर मोड देखिएको बताउँदै वर्तमान प्रचण्ड सरकार राष्ट्रिय हित र अन्य जनताका काममा इतिहासमा कमजोर रहेको दाबी गरे ।

पोखरेलले अहिलेको सरकार अर्थ व्यवस्थालाई नेतृत्व गर्न पूर्ण असक्षम रहेको बताए । ‘निर्माण व्यवसायीले काम गरेको पैसा पाएका छैनन् । पुँजीगत खर्चको स्थिति निराशाजनक छ । युवा पलायनको स्थिति भयावह छ । सरकार सत्ता टिकाउनमै केन्द्रित देखिन्छ ।’, पोखरेलले भने ।

(एमाले) दैलेखको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले मुलुकमा देखिएका समस्याको निराकरण गर्न सक्ने पाटी (एमाले) मात्र रहेको जिकिर गरे । उनले (एमाले) नेतृत्वको सरकारका पालामा धेरै जनमुखी काम भएका उल्लेख गरे ।

पोखरेलले गठबन्धन सरकारको असफलता (एमाले)लाई बोकाउन खोजिएको आरोप समेत लगाए । ‘अहिलेको सरकार पूर्ण असफल छ । ‘गठबन्धनले आफ्ना कमजोरी लुकाउन ९एमाले०लाई दोषारोपण गर्दै आएको छ । (एमाले)लाई लगाइका आरोप पुष्टि गर्न कसले रोकेको छ ।’, उनले सरकारलाई प्रश्न गरे ।

उनले (एमाले) सरकारबाट बाहिरिँदा विकासे काम समेत अलपत्र रहेका दाबी गरे । महासचिव पोखरेलले (एमाले) सरकारका पालामा बनेको दीर्घकालीन योजनाले अहिले मुलुक लोडसेडिङ मुक्त भएको बताए । उनले ओली सरकारका पालमा आर्थिक विकासले समेत पड्को मारेको बताउँदै वर्तमान गठबन्धन सरकारले मुलुकको भविष्य अफ्ठेरोमा पारेको बताए ।

उनले लोकतन्त्रमा जनताले नचाहेका पाटीले शासन गरिरहेको आरोप लगाउँदै (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन सबै एक भएर लाग्नुपर्ने बिचार व्यक्त गरे । ‘नीतिका आधारमा जनताले पाटीलाई छनोट गर्नुपर्छ । (एमाले) बाहेक अन्य दलसँग मुलुक बनाउने नीति/बिचार छैन ।’, पोखरेलले भने ।

उनले (एमाले) नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तर विरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । पोखरेलले नेतृत्वले अघि सारेको मिसन ८४ को नारालाई सबैले एक भएर अघि बढाउन निर्देशन दिँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए ।

उनले नेताका टाउका जोडेर पाटी एकता नहुने बताउँदै कार्यकर्ताका मन जोडेर (एमाले) ले कम्युनिस्ट आन्दोलन बलियो बनाउनतर्फ लागेको बताए । पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिस्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधै अगाडि आउने समेत बताए ।

(एमाले) केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले आठौँ जिल्ला अधिवेशन पछि दैलेखमा पाटीका कामहरूले नयाँ गति लिने बताउँदै सक्षम नेतृत्व चयनमा सबैको भूमिका रहनुपर्ने बताए । उनले नयाँ नेतृत्व चयन पछि पाटी सुदृढीकरणमा सहयोग पुग्ने बताए । भट्टले सही विचारलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

(एमाले)को भूमिका राष्ट्रिय राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको बताउँदै उनले आम पाटी कार्यकर्ताले समाजवादको लक्ष्यलाई अघि बढाउन एक भएर लाग्नुपर्ने बताए । उनले दैलेखबाट नयाँ सन्देश जाने गरी सहमतिका माध्यमबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

उनले (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पालाको सरकारमा भएका जनमुखी कामहरूलाई जनतामाझ लैजान आम नेता कार्यकर्ता लाग्नुपर्ने बताए । ‘(एमाले)ले नेतृत्वको सरकारले जनमुखी काम गरेको छ । यस्ता कामलाई जनस्तरमा लैजानुपर्छ ।’, सचिव भट्टले भने ।

उनले अहिले पनि ९एमाले०लाई घेराबन्दी भइरहेको बताउँदै अहिलेको सरकारले जनहित अनुकूल कामहरू गर्न नसकेको आरोप लगाए । उनले सबै नेता कार्यकर्ता पाटीको मान्छे हुनुपर्नेमा जोड दिए । ‘नेताले ब्यक्त्ति टिप्ने काम गर्नुहुदैन् । हामी नेताको हुनुभन्दा पाटीको बनौँ । आन्तरिक रूपमा सबै एक जुट बनौँ ।’, सचिव भट्टले भने ।

एमाले स्थायी कमिटी सदस्य तथा दैलेख इन्चार्ज यामलाल कँडेलले अभिभारा फेरिँदै गए पनि काम गर्ने परिपाटी उस्तै भएको जनाउँदै ९एमाले०का नेता तथा कार्यकताले जनताको जीवनस्तर सुधार्नतर्फ लाग्नु पर्नेमा जोड दिए । उनले भने, ‘(एमाले)ले जनमुखी काम गर्दै आएको छ । मनमोहनका पालामा होस् या अहिलेका पाटी अध्यक्ष केपी ओलीसम्म (एमाले) जनताका हित अनुसार अघि बढेको छ ।’,

कर्णाली प्रदेशसभा सदस्य समेत रहेका कँडेलले अहिलेको गठबन्धन सरकारले जनतामा निराशा बाँड्ने बाहेक अन्य कुनै काम गर्न नसकेको आरोप लगाए । उनले अहिलेको प्रचण्ड सरकाले नागरिकको हित अनुसारका काम गर्ने नसकेको जिकिर गरे । कँडेलले जनताले भरोसा गर्ने पाटी (एमाले)मात्र भएको बताउँदै अहिले नेपाली काँग्रेस प्रचण्डको टेको बिना अडिन नसक्ने हालतमा पुगेको बताए ।

एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले पाटी मजवुद बनाउने गरी अधिवेशन गरिँदै आएको बताउँदै एमाले प्रतिको घेराबन्दी तोड्नका लागि सबै एक भएर अघि बढ्दै जानुपर्नेमा जोड दिए । उनले जिल्लाको नेतृत्व सहमतिका माध्यमबाट चयन गरिने बताउँदै मिसन ८४ को कार्यभार पूरा गर्न सक्ने ब्यक्त्ति नेतृत्वमा आउनुपर्ने बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५