दैलेखकाे टिमिले पानीमा टिप्पर दुघर्टना, चालककाे मृत्यु

दैलेखः दुल्लुमा टिप्पर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तल्लोडुंगेश्वर–दुल्लु सडक खण्डको दुल्लु नगरपालिका–१ टिमेली पानीमा लोड बोकेको टिप्पर दुर्घटनाहुँदा चालकको मृत्यु भएको हो ।

तल्लो डुङ्गेश्वर बालुवा लिएर दुल्लु जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क १९९ नम्बर टिप्पर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ । दुर्घटनामा दुल्लु नगरपालिका–७ घर भएका ३३ वर्षीय चालक भुपेन्द्र थापाको मृत्यु भएको छ ।

टिप्परमा सवार अन्य दुई जना घाइते छन् । घाइते हुनेमा दुल्लु नगरपालिका–७ का ३५ वर्षीय चन्द्रबहादुर थापा र ऐरावती गाउँपालिका प्युठान घर भएका ३० वर्षीय मुक्तप्रसाद उपाध्याय छन् । उनीहरुलाई थप उपचारको लागि दुल्लु अस्पतालले गएराती नै प्रदेश अस्पताल सुर्खेत रिफर गरेको छ ।

घटना लगत्तै प्रहरी चौकी तल्लो डुंगेश्वर र ईलाका प्रहरी कार्यालय दुल्लुको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरेको हो । सोमबार राती करिव ८ बजे तिर टिप्पर दुर्घटनामा परेको हो । तर दुटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५