दैलेखः दैलेखको दुल्लु नगरपालिका-१२ मा विवाह गर्दा वडाबाट सिफारीस लिनुपर्ने भएको छ । वालविवाह रोक्न दुल्लु नगरपालिका -१२ले छुट्टै जुक्ति निकालेको छ । आफ्नो वडा क्षेत्रमा विवाह गर्ने दुलाह वा दुलहीले वडा कार्यालयबाट अनिवार्य रुपमा सिफारिस लिनुपर्ने निर्णय गरेको छ ।
‘बालविवाह रोकथामका लागि वडा क्षेत्रमा विवाह गर्ने दुलाह वा दुलहीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनपर्ने वडाले निर्णय गरेको दुल्लु नगरपालिका–१२ का वडाध्यक्ष लिलाराम लम्सालले जानकारी दिए ।
वालविवाहले आर्थिक, सामाजिक तथाा साँस्कृतिक सम्वन्धहरु खटपट हुने महिला माथि घरेलु हिंसा, मानसिक तथा शारीरिक हिंसा हुन थालेपछि यो निर्णय गर्न सोसेक नेपालको बालिका सशक्तिकरण परियोजनाले प्रस्ताव गरेको थियो ।
‘हामीले अनुरोध ग¥यौं, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले निर्णयमा लिइदिनुभयो’ सोसेक नेपालको बालिका सशक्तिकरण परियोजनाकी कार्यक्रम संयाेजक मीना शाहीले भनिन् ।
बालिका माथि हिंसा, दुव्र्यवहार विरुद्ध सचेतना जगाउदै बालिकाहरुको ज्ञान, सीप र चेतनाले आत्मविश्वासी र क्षमता विकास गराउने मुख्य उद्देश्य रहेको बालिका सशक्तिकरण परियोजना दैलेखको दुल्लू र सुर्खेतको चौकुने गाउँपालिकामा सञ्चालन भएको छ ।
यस्तो छ वडाको निर्णयः
खुल्ला प्रेस । २० असार २०८१, बुधबार १५:३४