पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै नागरिक

दैलेखः दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नहुँदा स्थानीय नागरिकले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा बर्षातको समयमा काठको मुढा बिछ्याएर लाप्कोको सायताले खोला तर्दै आएका स्थानीयहरू पुल नहुँदा जोखिमपूर्ण यात्रा गरिरहेका हुन् ।
भगवतीमाई गाउँपालिका वडा नं. ३ सान्तडा र ४ नं.को मध्येपहाडी राजमार्गमा जोडने पुल नहुँदा बर्षायाममा विद्यार्थीको पढाई समेत प्रभावित हुने गरेको छ । पुलकै कारण सान्तडामा बनेको १५ शैया अस्पताल कहिले सञ्चालन हुने भन्ने कुराको समेत अन्योल छ । १५ शैया अस्पताल बनेको करिब ४ वर्ष बितिसक्दा पनि खोलामा पुलको समस्याले गर्दा असहज यात्राका कारण अस्पताल सञ्चालन गर्न नसकिएको भगवतीमाई गाउँपालिकाले बताउने गरेको छ ।
भगवतीमाई गाउँपालिकाको मुख्य बजार बेस्तडा आउने खोलामा पुल नहुँदा वर्षौँ देखि दुःख खेप्दै आएका स्थानीय नागरिक मध्य पहाडी राजमार्गको रुम खोलामा बनेको पुलबाट सहज यात्रा गर्ने अपेक्षामा बसे पनि मध्य पहाडी राजमार्गले रुम र मन्घर जोडने पुल बनाएपछि मन्धर सान्तडा जोड्ने पुल नहुँदा स्थानीयले झनै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भगवतीमाई गाउँपालिका–४ तुर्सुका लक्ष्मी अधिकारी बताउँछन् ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका सम्म छोटो बाटो प्रयोग गर्नेहरू खोलामा पुल नहुँदा जोखिम मोलेरै यात्रा गरिरहेका छन् । खोलाको कारण अस्पताल सञ्चालन नभएपछि कतिपय नागरिकले रोग पालेरै गाउँमा बस्नुपर्ने र कतिपयले जोखिम यात्रामा करिब २ घण्टा पैदल हिँडेर बेस्तडा बजारमा गाडी भेट्नुपर्ने बाध्यता यहाँका बासिन्दाको छ ।
कहिले काहीँ त खोलामा हिँड्दै आउँदा गाडिनै छुटेर पुन घर फर्किनुपर्ने बाध्यता हुने भगवतीमाई गाउँपालिका वडा नं. ३ का कर्णवीर बि.क. बताए । तुर्सु देखि वेस्तडा सम्म जाने शिक्षक, विद्यार्थी, दैनिक मालसामान किन्न जाने नागरिकहरू बढि समस्यामा हुने गरेको भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत केसीको भनाइ छ । केसी बेस्तडाबाट दैनिक भगवती माध्यमिक विद्यालयमा जानुपर्ने भए पनि कहिले काहीँ खोला तथा सडकको अवस्थाले विद्यालयमा ढिला पुग्ने गरेको समेत बताउँछन् ।
यस्तै भगवतीमाईको ३ नम्बर वडा र ४ नम्बर वडामा रहेको धारा खोलामा पुल नहुँदा विद्यार्थीहरु विद्यालयमा जानकोलागि पनि लाप्काको सहयोग लिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५