दैलेखमा एमालेकाे वडा अधिवेशन, प्राय वडामा सर्वसम्वत

दैलेख ः दैलेखका सबै वडामा नेकपा एमालेको नेतृत्व चयन भएको छ । दैलेखले ११ पालिकाका ९० वडामा एकैदिन वडा अधिवेशन सम्पन्न गरेको छ ।
सबै वडामा उत्साहका साथ अधिवेशन सम्पन्न भएको र अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिए । पार्टीले ९० वटै वडामा निर्वाचनका लागि प्रतिनिधिहरू खटाएको थियो ।
शर्माका अनुसार दैलेखबाट १२ हजार संगठित सदस्यहरूले दैलेखको एमालेमा आबद्धताका लागि प्रक्रिया बढाएको र सोहीअनुसार वडा अधिवेशनहरू सम्पन्न भएको शर्माको भनाई छ । गत २०७४ को निर्वाचनमा करिब ६ हजार संगठित सदस्यता रहेको नेकपा एमालेमा १२ हजार संगठित सदस्यता पुगेपछि पार्टी विभाजनको कुनै पनि असर दैलेख एमालेमा नपरेको शर्माको भनाइ छ ।
‘सबै पालिकामा निर्वाचनलाई सफल पार्न गएका प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्व चयन भएको जानकारी आएको छ । करिब ४० भन्दा बढी वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भइसकेको र शनिबारसम्म सबै विवरण प्राप्त हुनेछ ।

यि हुन नारायण नगरपालिकाका वडा कमिटिका अध्यक्ष
अध्यक्ष ः यामराज कोइराला वडा नं. १
अध्यक्ष ः गणेश बहादुर थापा वडा नं. २
अध्यक्ष ःलक्ष्मीप्रसाद पाण्डे वडा नं. ३
अध्यक्ष ः बिरबहादुर कटुवाल वडा नं. ४
अध्यक्ष ः एमान सि थापा वडा नं. ५
अध्यक्ष ः धर्मराज उपाध्याय वडा नं. ६
अध्यक्ष ः खड्ग बहादुर शाही वडा नं. ७
अध्यक्ष ः गोपाल कुमार विसी वडा नं. ८
अध्यक्ष ः ढालबहादुर थापा वडा न.ं ९
अध्यक्ष ः बलबहादुर गुरुङ वडा नं. १०
अध्यक्ष ः टंक बहादुर बिष्ट वडा नं. ११

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५