निर्वाचनमा केन्द्रित हुन अध्यक्ष ओलीको निर्देशन

गण्डकीः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दाबी गरे ।

एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको बहुदलीय समाजवादलाई अहिलेको परिस्थिति अनुकूल सिर्जनात्मक ढङ्गले कार्यान्वयन गरिने विश्वास दिलाए ।

पार्टीभित्र हरेक तहको कार्यकर्ता नेता भएको बताउँदै उनले प्रत्येकले आफू हाकिम नभई जनताको सेवक हो भन्ने भावनाका साथ खटिनुपर्नेमा जोड दिए।

कार्यक्रममा पार्टी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेप्रति आस्था एवम् विश्वास बढ्दै गएको दाबी गरे । आसन्न निर्वाचनका लागि सक्रिय हुन उनले आग्रह गरे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः [email protected],[email protected] सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५