देउती बज्यै मन्दीरका पुजारी मृत्यु, शव संकास्तद अवस्थामा

सुर्खेतः सुर्खेतको चर्चित धार्मिक शक्ति पिठ देउती बज्यै मन्दिरका पुजारी मृत अवस्थामा भेटिएका छन् । उनको शव शंकास्पद अवस्थामा भेटिएको छ । मुख्य मन्दिरकाे पूर्वी ढाेकामा मृत अवस्थामा पुजारी ५१ वर्षीय सरस्वती राजीको शव आज विहान फेला परेको हो ।

मृत अवस्थामा मान्छे रहेको खवर थाहा हुने वित्तिकै प्रहरीले घटनास्थलमा पुुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खड्काले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार राजीको शरिरमा अन्य निलडाम र चोट नरहेको तर मादक पदार्थ सेवन बढी नै गरे जस्तो देखिएको छ ।

घटनाबारे अहिल्यै नै केही भन्न नसकिने भन्दै उनले अनुसन्धानको क्रममा कारण खुल्न सक्ने खड्का बताउँछन् । प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालको शव गृहमा पठाउने तयारी गरेको छ ।

पुजारी नै मृत अवस्थामा भेटिएपछि देउती बज्यै दर्शन गर्न बन्द गराइएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५