लोकसेवा आयोगको लिखित परीक्षामा मलाई फोन गर्नुहोला भन्दै उत्तर पुस्तिकाम मोवाइल नम्बर लेख्ने एक युवा २ वर्षसम्मका लागि परीक्षा दिन नपाउने भएका छन् ।
आयोगले गत साउन ७ गते लिएको स्वास्थ्य सेवातर्फ सहायकस्तर चौथो तह अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका वार्ड नं २, सल्यानका नवीन कुमार रेउलेले उत्तरपुस्तिकामा मोवाइल नम्बर लेखेका थिए ।
उनले वस्तुगत र विषयगततर्फको उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्न आग्रह गरेका थिए । प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसूर गरेको प्रमाणित भएपछि उनलाई आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्तिसम्बन्धी सबै विज्ञापनहरुमा उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निणर्य भएको आयोगले जनाएको छ ।




खुल्ला प्रेस । १८ श्रावण २०७९, बुधबार २०:२९