दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि जगनाथलाई

दैलेख: दोस्रो वडा स्तरीय 7A Side फुटबल प्रतियोगिताको उपाधि जगनाथले हात पारेको छ ।

भगवतीमाई गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजना गरिएको दोस्रो वडा स्तरीय 7A Side फुटबल प्रतियोगिताको उपाधि जगनाथले हात पारेका हो ।

खेलकुद क्षेत्रको विकासको लागि आयोजना गरिएको फुटबल प्रतियोगिता मंसिर ७ गते खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षता तथा प्रमुख अतिथि भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले उद्घाटन गरेका थिए ।  मंसिर ७ देखि ९ गतेसम्म सञ्चालित खेलको मंसिर १० गते गाउँपालिकाका उपाध्यक्ष मिना खड्काद्वारा खेल समापन गरिएको भगवतीमाई गाउँपालिका खेलकुद विकास समितिका सदस्य तेज बहादुर नेपालीले खुल्ला प्रेसलाई जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार, फुटबल प्रतियोगितामा भगवतीमाई गाउँपालिकाको टिम सहित ७ वटा वडाबाट १÷१ वटा टिम गरी ८ वटा टिमको सहभागिता भएकोमा प्रथम स्थानको उपाधि वडा नं.–४ जगनाथको टिमले हात पारेको छ । विजेता जगनाथले ४० हजार नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र पाएको छ, उपविजेता पगनाथले २० हजार नगद मेडल, ट्रफि र प्रमाणपत्र पाएको छ, उत्कृष्ट खेलाडी पगनाथका सुरेश विश्वकर्माले १ हजार ५ सय नगद मेडल, ट्रफि र प्रमाणपत्र पाएका छन् ।

भगवतीमाई गाउँपालिकाले खेल क्षेत्रमा मारेको फड्को र नव प्रतिभाहरूको पहिचानको लागि अभियान निकै प्रशंसनीय रहेको भगवतीमाई–३ का स्थानीय पदम बहादुर खड्काले बताए । खड्काले विजेता तथा उप विजेता सबै टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रथम स्थान हासिल गरेको ४ नं. वडाका टिम कोच राजेन्द्र अधिकारीले आफूलाई विश्वास गरी टिम कोचको जिम्मेवारी दिनुहुने भगवतीमाई गाउँपालिका ४ नम्बर वडा कार्यालयलाई विशेष धन्यवाद दिए। उनले यस प्रतियोगितामा वडा नम्बर ४ को लागि अहोरात्र खट्नुहुने खेलाडीहरू, टिम कप्तान विनोद अधिकारी, वडा अध्यक्ष देवलोक अधिकारी सहित सम्पूर्ण वडा तथा भगवतीमाई गाउँपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५