दैलेख: दैलेखमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन कार्यालय, डुङ्गेश्वर गाउँपालिका, ईलाका प्रहरी कार्यालय चुप्रा बजार लगायतको संयुक्त टोलीले डुङ्गेश्वर गाँउपालिका वडा नं-१ चुप्रा बजारमा अनुगमन गरेको हो।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना गरिएको बजार अनुगमनका क्रममा गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमनलाई तीव्रता दिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख कल्पना खत्रीले जानकारी दिइन् ।
उनले भनिन् ‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ। अनुगमनका क्रममा डुङ्गेश्वर गाँउपालिका वडा नंं– १ चुप्रा बजारमा नापतौल विभागको मापदण्ड विपरीत राखिएका ढग तराजु , होटल, थोक तथा किराना पसलको अनुगमन गरेको म्याद गुज्रेका प्रकारका पे-पदार्थ तथा दैनिक उपभोग्य सामग्री भेटिएको ’ उनले भनिन् ।बजारमा अनुगमनका क्रममा प्यान नम्बर नराख्ने व्यवसायीलाई एक हप्ताभित्र प्यान नम्बरको व्यवस्था गर्न निर्देशन दिइएको समेत कार्यालय प्रमुख खत्रीले बताइन्।
बजारमाअनुगमनमा डुङ्गेश्वर गाँउपालिका वडा नं-१का वडाध्यक्ष श्याम बहादुर राना, जिल्ला कारागार दैलेखका प्रमुख जित बहादुर खत्री, डुङ्गेश्वर गाँउपालिका वडा नंं- १का वडासचिब संगिता लामिछाने, उद्योग तथा उपभोक्ता हित संरक्षण दैलेखका लेखा सहायक भरत खत्री, जिल्ला प्रशासन कार्यालय दैलेख, पत्रकार लगायतको उपस्थिति रहेको थियो । राजधानीबाट




खुल्ला प्रेस । २१ आश्विन २०८०, आईतवार १८:४६