एक लाख ५० हजारको पुललाई ३० लाखमा बनेको भनेपछि…..

दैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. १० मा १ लाख ५० हजार रुपयौ लागतमा बनेको पुल ३० लाखमा बनेको भनेर सामाजिक सञ्जालमा गलत सूचना फैलाएपछि नारायण नगरपालिकाले गलत सूचना पछाडि नलाग्न अनुरोध गरेको छ ।

नारायण नगरपालिकाको लागतमा बनेको गढिखोला पक्की पैदल पुलका विषयमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएकाले यर्थात नबुझी कसैले पनि गलत सूचना पछाडि नलाग्न अनुरोध गरेको हो ।

नारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं नारायण नगरपालिकाका प्रवक्ता जनक न्यौपानेले गलत सूचना पछाडि नलाग्न अनुरोध गर्दै सामाजिक सञ्जालमा खोलामा बनेको पुलबारेमा जानकारी गराएका छन् । उपभोक्ता समिति मार्फत निर्माण गरिएको पुलको गलत प्रचार गरिएकोले सामाजिक सञ्जालमा भनिए सस्तो नभई फरक रहेको अध्यक्षले जानकारी गराए ।

उनले लेखेका छन् –नारायण नगरपालिकाको वडा नं १० को  आ.व.२०७९/०८० को बजेट शीर्षक नं ४७९ गढी खोलमा बनेको पैदल पुलका विषयमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएकोमा ती कुराहरूमा कुनै सत्यता नरहेको त्यो पुलमा जम्मा १ लाख ५० हजार मात्रै बजेट विनियोजन भएको र सोही अनुरूप काम भइरहेको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराउँदछु । कुनै पनि विषय उठाउन गर्दा सत्य तथ्य बुझी लेखी दिनुहुन अनुरोध गर्दछु ।

वडा नं. ६ का स्थानीय दुर्लभ कुमार बोगटीले यो सबै हुनुको पछाडि नगर सभाबाट पारित भएको बजेट तथा योजनाको पुस्तिका समयमै सार्वजनिकीकरण नगरिनु र सकेसम्म गोप्य राख्ने प्रयत्नको नतिजा भएको बताएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५