दैलेखः नेपाल पत्रकार महासंघ दैलेखको अध्यक्षमा कमल प्रसाद शर्मा र अम्मर बहादुर सुनारको मत बराबर आएको छ । मंसिर २८ गते भएको निर्वाचनमा शर्माले ३० मत प्राप्त गर्दा सुनारले पनि ३० मत प्राप्त गरेका छन् । शुक्रबार सम्पन्न निर्वाचनको मत परिणमामा नेपाल प्रेस युनियन र प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार रहेका शर्मा र इतर समुहका अमर सुनारको मत परिणाम बराबर आउदाँ उपाध्यक्षमा व्यावसायिक प्यानलका महेन्द्र सापकोटा(मत ३६), उपाध्यक्ष (महिला)मा विनु भारति निर्विरोध, सचिवमा भिम बहादुर सिजातति(मत ४३),सह सचिवमा जिवन आचार्य(मत ३१), सह सचिवमा(समावेशीमा) पृथ वयलकोटी निर्विरोध, कोषाध्यक्षमा कुमार प्याकुरेल(मत ३८) सहीत निर्वाचित भए ।
सदस्यहरुमा सदस्य(महिला) पानसरा सिंह निर्विरोध, सदस्य(अन्य) मा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका थिए, खुल्ला सदस्यहरुमा खगेन्द्र खड्का(मत ४२), धरम रत्न थापामगर(मत ३८), हिमेन्द्र वि.क.(मत ४३), कमल प्रसाद जैसी(मत ३६), रामकृष्ण कठायत(मत ३७), सदस्य (दलित)मा डम्बर बहादुर वि.क.(मत ३०) ल्याइ निर्वाचित भएको निर्वाचन समिति सयोजक नमन शाहीले जानकारी दिए ।
केन्द्रीय परिषद सदस्यमा गोविन्द देव भारती, प्रदेश परिषद सदस्यमा कृष्णप्रसाद शर्मा, विष्णु कुमार शाही, भरतराज अधिकारी, याम प्रसाद शर्मा निर्विरोध चयन भएका छन् ।
यस्ताे छ मत परिणामः
खुल्ला प्रेस । २९ मंसिर २०८१, शनिबार ०६:१५