गुराँसमा निःशुल्क कानुनी सहायता कक्ष स्थापना

दैलेख  :   दैलेखको गुराँस गाउँपालिकामा निःशुल्क कानुनी सहायता कक्ष स्थापना गरिएको छ । संथागत सुधार मार्फत न्यायमा पहुँच परियोजना (एटूजेट) परियोजनाले गाउँपालिकाको केन्द्र रानीमत्तामा कानुनी सहायता कक्ष स्थापना गरेको हो ।

कानुनलाई बृहत् रूपमा दुर्गम गाउँबस्तीमा पु¥याई अपराधजन्य घटनामा कमी ल्याउन र चाँडो सबै नागरिकको न्यायमा पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकासँगको समन्वयमा कानुनी सहायता कक्ष स्थापना गरिएको महिला सशक्तीकरण मञ्चका कार्यक्रम संयोजक लक्ष्मी जिसीले बताईन् ।

उनका अनुसार कानुनी सहायता कक्षबाट घरेलु हिंसा, अपराध र लागुऔषध दुव्र्यसनीविरुद्धको कानुनबारे जानकारी दिइनेछ । अपराधका बारेमा जानकारी, अपराधिक दण्ड सजाय, न्यायका लागि कानूनी प्रक्रिया तथा न्यायमा सबैको पहुँच पु¥याउने उद्देश्यले पनि सहायता कक्ष स्थापना गरिएको उनको भनाइ छ ।

कानुनका बारेमा गाउँ समाजका नागरिकलाई चेतना जोगाउनुका साथै कानूनी परामर्शका दिन थालिएको छ । ग्रामीण भेगमा कानुनी जानकारी नहुँदा अपराधी कार्यहरू दिनप्रतिदिन बढ्दै गएका गइरहेका छन् । घटना घटिसकेपछि गाउँघरमै मिलापत्र गर्नेजस्ता कार्यले जधन्य अपराधमा बढिरहेका छन् ।

निःशुल्क कानूनी सहायता कक्ष स्थापना भएसँगै यस्ता किमिसका घटनामा न्यूनीकरण हुने आशा लिइएको छ । पहिले भन्दा कानुनी सचेतनामा वुद्धि भएकाले न्यायीक समितिमा उजुरीको संख्यामा समेत वृद्धि भएको छ । पालिकामा उजुरी प्रशासकको समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५