दैलेख ः कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो ।
सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ । खुल्ला, महिला, दलित, आदिवासी जनजाती र मधेसी कोटामा सिट छुट्याइएको छ ।
योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । अप्राविधिकको प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुनेछ ।
बिज्ञापन तलकाे Link मा हेर्नुहाेस ।
https://ppsc.karnali.gov.np/site_uploads/–E0-A4-B5-E0-A4-BF-E0-A4-9C-1139174789.pdf




खुल्ला प्रेस । २५ माघ २०७८, मंगलवार ०८:३३