दैलेख: दैलेखमा सार्वजनिक शिक्षामा नागरिक समाजको सहभागिता विषयमा शिक्षा संवाद कार्यक्रम गरिएको छ । बिहीबार दैलेख सदरमुकाम यस विषयमा संवाद गरिएको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान दैलेखका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा दैलेखमा सार्वजनिक शिक्षामा देखिएका समस्याहरूमा संवाद गरिएको थियो ।
शिक्षा क्षेत्रमा काम गरिरहेका दैलेखका साझेदार संस्थाहरूको बारेमा संवाद गरिएको कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय सदस्य दुर्गा गिरीले संस्थाले गरिरहेका गतिविधिहरूको बारेमा प्रस्तुतीकरण प्रस्तुत गरेकी थिइन, नारायण नगरपालिका भित्रको शिक्षाको अवस्थाबारे नारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख ।।।ले प्रस्तुतीकरण मार्फत विद्यालय अवस्था, शिक्षक दरबन्दी र नारायण नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेका कामको बारेमा स्पष्ट पारेका थिए ।
शिक्षा संवादको प्रमुख अतिथिका रुपमा बोल्दै नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले शिक्षा क्षेत्र स्थानीय सरकारको टाउको दुखाइको विषय भएको बताए । उनले शिक्षा क्षेत्रको समस्या समाधानमा सबैको सहकार्य गर्नुपर्ने, विद्यालयमा सेवा सुविधा बढ्दै जाने र विद्यार्थी घट्दै जाने समस्याले स्थानीय सरकार पनि समस्यामा छ, शिक्षकहरू पनि दुर्गममा जान नमान्ने भएकोले शिक्षकहरूलाई व्यवस्थापन गर्न पनि निकै चुनौती रहैको धारण व्यक्त गरे ।शिक्षकको व्यवस्थापनमा समस्या भएकोले लक्ष्य पुरा गर्न सकिएको छैन स्थानीय सरकार समस्या समाधानमा लागि परेको छ।यस वर्षको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेर जानुपर्ने भएकाले आवश्यक सुझाव सहित सङ्घ संस्थाहरूले सहयोग गरिदिन आग्रह गरे ।
कार्यक्रमको अतिथिका रूपमा बोल्दै शिक्षक महासङ्घ दैलेखका अध्यक्ष मणिराज जैसीले सार्वजनिक शिक्षा कमजोर हुनुमा हाम्रो धारण नै कमजोर भएको बताए । उनले शिक्षा कमजोर होइन हाम्रो सोचाइ नै कमजोर देखिएको बताउँदै हाम्रो धारणा नै परिवर्तन गर्नुपर्ने, शिक्षामा आधारभूत आवश्यकताको पहिचान गरी शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने उनको भनाइ छ ।
उक्त कार्यक्रममा गैर सरकारी संस्थाका अध्यक्ष डिलकुमारी चन्द शिक्षक सङ्घका जिल्ला अध्यक्ष रेशम नेपालीले आफ्नो धारण राखेका थिए ।
कार्यक्रमको समापनमा कार्यक्रमका सहभागीहरूलाई धन्यवाद दिँदै अध्यक्ष अधिकारीले शिक्षामा सुधार गर्न प्रदेश तथा सङ्घ सरकारलाई पनि आफ्नो कुराहरू उठाउने प्रतिबद्धता जनाए । शिक्षाका लागि राष्ट्रिय अभियान दैलेखले दैलेखका ११ वटै पालिकाको शिक्षा क्षेत्रको अवस्थाबारेमा बुझ्ने योजनामा आफूहरू रहेको बताए ।




खुल्ला प्रेस । २३ जेष्ठ २०८२, बिहीबार १४:३८