काठमाडौँ : मंगलबार राति जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मत्यु भएको छ ।
नलगाड नगरपालिका–५ कालीमाटी बजारबाट सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर नलगाड–५ मुलीपोखरा नजिकै मंगलबार राति झुल्के डाँडामा दुर्घटना भएको दल्लीस्थित प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा नलगाड नगरपालिका–५ पारीगाउँका ६० वर्षीय दलबहादुर खत्री, उनका छोरा ३२ वर्षीय सुरेश खत्री र चालक नलगाड–७ दल्लीका २५ वर्षीय चंखलाल विकको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकबाट करिब ५ सय मिटरको दूरीमा ३ जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।
दुर्घटनामा ट्याक्टरका सहचालक नलगाड–७ वगराका १७ विनोद परियार गम्भीर घाइते भएका उनलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा राति नै ल्याएर उपचार भइरहेको डिएसपी थापाले बताए ।
खुल्ला प्रेस । १७ कार्तिक २०७८, बुधबार ०८:३४