एमाले दैलेखले प्रतिनिधि सभाकाे लागि क्षेत्र नम्बर १ बाट तिन जना सिफारिस गर्याे

दैलेख : आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दैलेखको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचन लड्न नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ ।

शनिबार बसेको एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट दैलेख–१ बाट चुनाव लड्न रविन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापाको नाम सिफारिस गरेको हो ।

शर्मा एमाले दैलेखका अध्यक्ष तथा प्रतिनीधि सभा सदस्य हुन् । शर्मा यसअघि २०७४ मा भएको निर्वाचनमा पनि सोही क्षेत्रमा प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए । रेग्मी एमाले केन्द्रीय सदस्य हुन् ।

उनि २०७४ को निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । थापा एमाले दैलेख जिल्ला कमिटि सदस्य हुन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५