समयमै भुक्तानी नहुँदा नाभिस्थान पुल अलपत्र

दैलेखः दैलेखको भैरवी गाउँपालिका–१ र दुल्लु नगरपालिका–१० जोड्ने नाभिस्थान खोलामा निर्माणाधीन पुलको भुक्तानी प्रक्रिया समयमै नहुँदा तोकिएको अवधिमा काम सम्पन्न हुन सकेको छैन । करिब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको पुल वर्षायाम अघि सञ्चालनमा आउने स्थानीयवासीको अपेक्षा अधुरै भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा चार करोड ५६ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको पुलको जिम्मा पुष्पाञ्जली–बडीमालिका एमएम जेभीले पाएको थियो । पुल निर्माणका लागि २०८० चैत २५ गते ठेक्का सम्झौता गरिएको थियो । सङ्घीय सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका योजना स्थानीय तहमार्फत सञ्चालन गर्ने नीति लागू गरेपछि पुल निर्माणका लागि ४० लाख रुपैयाँ बजेट दुल्लु नगरपालिकामा पठाइएको थियो । तर, सङ्घीय संरचना अनुसार उक्त बजेट स्थानीय तहमार्फत भुक्तानी गर्न नमिल्ने भएपछि रकम पुनः सङ्घीय सरकारमै फिर्ता पठाइएको थियो ।

निर्माण कम्पनीले अधिकांश काम सम्पन्न गरिसके पनि भुक्तानी प्रक्रियामा देखिएको जटिलताका कारण अन्तिम चरणमा आएर निर्माण रोकिएको कम्पनीका सञ्चालक टोपबहादुर महतराले बताए। उनले भने अनुसार पुलको करिब १० प्रतिशत काम मात्रै बाँकी रहेको छ । ठेक्का सम्झौता अनुसार अझै ४० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेकाले काम प्रभावित भएको  र सरकारले भुक्तानी समयमै गरिदिए काम सम्पन्न गर्न १ महिना मात्रै लाग्ने उनको भनाइ छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५