माओवादी केन्द्रको विधान संशोधन, एउटा समितिमा मात्र बस्न पाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले विधान संशोधन गरेर पार्टीमा ‘एक व्यक्ति, एक समिति’को नीति लागू गरेको छ ।

पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले भोलिदेखि वडा तहको सम्मेलन गर्दैछ । त्यसको अघिल्लो दिन केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले विधानमा संशोधन गरेको छ ।

अब एक व्यक्ति एक पदको नीति लागू भएको छ । यो निर्णयअनुसार कुनै पनि व्यक्ति एउटा कमिटीमा मात्र बस्न पाउँछन् ।

यसअघि केन्द्रीय सदस्यहरु प्रदेश कमिटीका अध्यक्ष लगायतका पदमा थिए । यस्तो समस्या माथिदेखि तल्लो कमिटीसम्म थियो । ‘नयाँलाई जिम्मेवारी दिन यो व्यवस्था गर्नैपर्ने थियो, एक नेता भन्छन् ।

बैठकले स्थानीय कमिटीको पदाधिकारी संख्या पनि थपेको छ । अब हरेक पालिका कमिटीमा तीन उपाध्यक्षसहित सात पदाधिकारी हुनेछन् । यसअघि एक उपाध्यक्ष मात्र रहने व्यवस्था थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५