काँग्रेस उपसभापति खड्का प्रतिनिधि सभामा सर्वसम्मत उम्मेद्वार सिफारिस

सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको छ। बिहीबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले खड्कालाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो।

क्षेत्र नम्बर १ बाट खड्कालाई मात्र प्रत्यक्षमा सिफारिस गरिएको क्षेत्रीय कार्यसमिति सचिव मोहन रानाले जानकारी दिए। उनका अनुसार सुर्खेत क्षेत्र नम्बर १ बाट समानुपातिकमा नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ (क) बाट प्रत्यक्षमा खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंहको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर १ प्रदेश (ख) मा प्रत्यक्षतर्फ हाल प्रदेशसभा सदस्य रहेकी अमृता शाहीको नाम एक नम्बरमा सिफारिस गरिएको छ। यस्तै, भूपेन्द्र चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ। समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलामति विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको रानाले जानकारी दिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५