दुल्लूमा स्तनपानको महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दैलेख: विश्व स्तनपान सप्ताह २०२२ को अवसरमा दुल्लू नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तनपानको महत्व विषयक अन्तरक्रिया कार्यक्रम दुल्लू नगरपालिकामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मा सेवक दैलेख, पोषण तथा खाद्य सुरक्षा नेपाल ले सहकार्य र समन्य गरेको थियो । बच्चाहरुको स्तनपान बढाउने, आमा र बच्चाको रोगदर घटाउने सुनौला हजार दिनका आमाहरुको सेवा सुबिधा बढाउने लगाएतका विषयमा दुल्लू नगरपालिका चार, पाँच र सात का सुनौला हजार दिनका आमाहरुको उपस्थितिमा अन्तरक्रिया भएको थियो ।

कार्यक्रम मा २५ जना बढी सुनौला हजार दिनका आमाहरुको उपस्थिति रहेको थियो । उक्त्त कार्यक्रममा बोल्दै दुल्लू नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उमा उपाध्यायले आमाहरुले स्तनपानमा राम्रो ख्याल पुर्‍याय आमा र बच्चामा हुन सक्ने रोग प्रतिरोधात्मक क्षमता बढाउने, स्वस्थ आमा र बच्चा बन्नको लागी महत्वपुर्ण टेवा पुग्ने र आमाको दुधले बच्चाको स्वास्थ्यका लागी अमृत समान काम गर्ने हुँदा सबै आमाहरुले स्तनपानमा जोड दिने बताइन ।

कार्यक्रममा उपस्थित सुनौला हजार दिनका आमाहरुलाई दुल्लू नगरपालिकाको आयुर्वेद शाखाबाट निशुल्क दुग्धबर्दक औषधि वितरण गरिएको दुल्लू नगरपालिका स्वास्थ्य शाखा प्रमुख देब बहादुर थापाले जानकारी दिएका छन् ।
यसैगरि आज दुल्लू नगरपालिकाको आ.व ०७८/०७९ को स्वास्थ्य कार्यक्रमको बार्षिक प्रगती गोष्ठी समिक्षा सम्पन्न भएको छ ।दुल्लू नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रममा प्राबिधिक तथा आर्थिक सहयोग युएसयआयइडी र स्वास्थ्यका लागी सक्षम प्रणलीले गरेको थियो ।

नगरपालिका भित्र ९ वटा स्वास्थ्य चौकी ,१ अस्पताल, ४ वटा आधारभुत स्वास्थ्य केन्द्र र ३ वटा सहरी स्वास्थय केन्द्र गरि १७ वटा स्वास्थ्य संस्था रहेका छन । आजको कार्यक्रममा आ.व ०७८/०७९ मा स्वास्थ्य सेवामा गरिएका तथ्याङक हरुको लेखाजोखा, स्वास्थ्य सेवा सुचारु भएनभएको ,स्वास्थ्य सेवालाई डिजिटलाइजेसन गर्न सक्ने वा नसक्ने स्वास्थ्यकर्मिहरुको पहिचान ,स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्दा देखिएका समस्याहरुको समधान का उपाय लगाएतका विषयमा समिक्षा र छलफल भएको थियाे ।

नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाका इन्चार्ज तथा स्वास्थ्यकर्मिहरुको उपस्थिती रहेको र यस्ता समिक्षात्मक कार्यक्रमले स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन सहयोग पुग्ने स्वास्थ्य सूचना प्रणाली का प्राविधिक अधिकृत सुर्य उप्रेती र ।दुल्लू नगरपालिका जन स्वास्थ्य निरिक्षक विष्णु शाहीले बताएका छन ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५