पहिरो पीडित १० परिवारलाई खाद्यान्न सहयोग

दैलेख: दैलेखस् नमुना बस्तीमा पहिरो गएपछि विस्थापित भएका १० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य माननीय बासना थापाको सहयोगमा पहिरोपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको हो।
नारायण नगरपालिका–१ का वडा अध्यक्ष सन्देशकुमार श्रेष्ठको सहभागितामा सोमबार कृषि बजार संकलन केन्द्र, नारायण–१ मा अस्थायी रूपमा बसोबास गरिरहेका विस्थापित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो। सांसद थापाका ससुरा डिलबहादुर थापाले पीडित परिवारलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।
नमुना बस्तीमा पहिरो गएपछि बस्ती नै जोखिममा परेकाले नारायण नगरपालिकाले १० परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। तत्कालका लागि कृषि बजार संकलन केन्द्रमा अस्थायी व्यवस्थापन गरी उनीहरूको बसोबासको व्यवस्था मिलाइएको छ।
पहिरोका कारण घर तथा बस्ती जोखिममा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले माननीय बासना थापाको सहयोगमा खाद्यान्न सहयोग गरिएको वडा अध्यक्ष श्रेष्ठ बताए । विस्थापित परिवारले सुरक्षित आवास तथा आवश्यक राहतको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५