माओवादी केन्द्रको पालिका सम्मेलन आज, दाहालले उद्घाटन गर्ने

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार गाउँ/नगरपालिकास्तरीय सम्मेलन गर्दैछ । तत्कालिन नेकपा विभाजनपछि पार्टीको माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्न लागेको हो । त्यही सम्मेलनअन्तर्गत देशभरका ७५३ वटै स्थानीय तहमा शनिबार अधिवेशन हुन लागेको माओवादी केन्द्रकी नेतृ अन्जना विशंखेले जानकारी दिइन् ।

शनिबारै सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ । सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहालले अपरान्ह १ बजे भर्चुअल सम्बोधनमार्फत् गर्ने कार्यक्रम छ ।

शनिबार स्थानीय तहस्तरीय कमिटीले नेतृत्व पाउने र प्रदेशस्तरीय सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने नेतृ विशंखेले बताइन् । प्रदेश सम्मेलन मंसिर २५ गते हुदैछ । माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

पार्टी संगठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्व समेत चयन भइसकेको छ ।

माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ । माओवादीले पार्टीले विधानको व्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहिता समेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।

वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिइएको छ । सबै पालिका अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि माओवादीले विशेष परिपत्र गरिएको जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५