एमाले कर्णाली लेखा समितिको अध्यक्षमा जितबहादुर मल्ल विजयी

सुर्खेत: नेकपा एमाले कर्णाली प्रदेशको लेखा समितिको अध्यक्षमा मुगुमा जितबहादुर मल्ल विजयी भएका छन्। अध्यक्ष गुलाबजंग शाहको टिमबाट लेखा समितिको अध्यक्षमा मल्ल विजयी भएका हुन्।

लेखा आयोग समितिको ६०० गणनाहुँदा जितबहादुर मल्लले ३५७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुर्खेतका सुरज थापाले सुरज थापा १७८ मत प्राप्त गरे। लेखा समितिको उपाध्यक्षमा सुर्खेतका अमरबहादुर चन्द सर्वसम्मत निर्वाचित भएका छन्।

यस्तै, सचिवमा हुम्लाका कमल बोहरा विजयी भएका छन्। उनले २८० मत प्राप्त गरेका छन्। बोहराले प्रतिद्वन्द्वी सुर्खेतका कलाधर उपाध्ययलाई पराजित गरेका हुन्। उपाध्यायले २३० मत प्राप्त गरेका छन्।

लेखा समितीको खुला २ जना सदस्यमा रुकुमपश्चिमका मिजाश मल्लको उम्मेदवारी परेपछि उनि पनि निर्विरोध लेखा समितीको सदस्यमा निर्वाचित भएका छन्।

लेखा समितिको दुई जना महिला सदस्यमा जाजरकोटकी कमला कुमारी शाही र रुकुमपश्चिमकी कृष्णाकुमारी मल्ल निर्विरोध निर्वाचित भएकी छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५