दैलेख ः लुथरन वर्ल्ड फेडेरेसनको सहयोगमा समुदायमा आधारित संस्था महासंघको आयोजनामा दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीमा मानवअधिकारकर्मीका लागि २ दिने क्षमता विकास तालिम विहीबारदेखि सुरु भएको छ ।
समुदायमा आधारित संस्था महासंघले सञ्चालन गरेको पावर परियोजना अन्तरगत गठित महिला सञ्जाल, सहकारी संस्था, अपाङ्गता सञ्जाल लगायत समूहमा आवद्ध अगुवा सदस्यहरुलाई मानवअधिकार सवालमा अभिमुखीकरण गरिनेछ ।
क्षमता विकास तालिममा परियोजनाका सवाल समूहका २ पुरुष सहित १३ जना मानवअधिकारकर्मीको सहभागिता छ । तालिममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र पावर परियोजनाका कार्यक्रम संयोजक टंक सुनारले सहजीकरण गरिरहेका छन् ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । २५ कार्तिक २०७८, बिहीबार १८:३४