दैलेख: गोठपाँडा कृषक सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्था लिमिटेडका अध्यक्ष मुनाकुमारी थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र थापाले पानसमा बत्ती बाली ब्यानर पढेर साधारण सभाको उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष थापाले यो सहकारी कृषक सहकारी संस्थाको सफल संस्था हो । हामीले उत्पादन गरेका बस्तुहरू बजारीकरण गर्न दैलेखको उत्पादन हो हामीले विषादी प्रयोग गर्दैनौँ भन्न पर्ने बेला हो, बाहिरको उत्पादन भित्र्याउने हैन हामीले हाम्रा उत्पादन बाहिर पठाउन पर्ने हुन्छ यसका लागि हरेक सिजनमा उत्पादन गर्नुपर्छ ।उत्पादन भएको खण्डमा बजारीकरण गर्न उद्योग वाणिज्य सङ्घ तथा निजी क्षेत्र जहिले पनि सकारात्मक भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कमल शर्मा, नारायण नगरपालिकाका कृषि शाखा प्रमुख, कृषि सहकारी बैङ्क, नारायण नगरपालिका आर्थिक तथा सामाजिक विकास अधिकृत खम बहादुर थापा लगायतले साधारण सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन सत्रको समापनमा बोल्दै संस्थाका अध्यक्ष मुना कुमारी थापाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिइन ।
साधारण सभामा सहकारीको वार्षिक प्रगति, आर्थिक अवस्था, सेवा तथा गतिविधि र आगामी कार्य योजनाका बारेमा जानकारी गराइएको थियो ।

उद्धाटनसत्र पछि बसेको बन्ध सत्रले सहकारीले आफ्ना शेयर सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउँदै सदस्यहरूको आवश्यकता र अपेक्षालाई ध्यानमा राखी आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ ।
संस्थाको आगामी दिशा तय गर्नुका साथै सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्य केन्द्रित बनाउने विषयमा महत्त्वपूर्ण निर्णय गरेको संस्थाले जानकारी दिएको छ ।




खुल्ला प्रेस । १९ भाद्र २०८३, शुक्रबार १६:२९