सुर्खेत: कर्णाली प्रदेश सरकारले बाढी पहिरोबाट प्रभावितका लागि कर्णाली सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
मंगलबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यका लगायतका देशका विभिन्न स्थानमा बाढी पहिरोबाट प्रभावितका लागि कर्णाली सरकारले ५० लाख रुपैयाँ सहयोग गर्न निर्णय गरेको हो ।
उक्त रकम प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने जनाइएको छ । यस्तै, कर्णाली सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । १५ आश्विन २०८१, मंगलवार २०:३७