स्थानीय तहबाटै आयुर्वेद सेवा

दैलेख ः दैलेखका स्थानीय तहबाटै आयुर्वेद सेवा पाइने भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जिल्लाका ११ मध्ये १० स्थानीय तहबाटै सेवा दिन शुरु गरेको हो ।
स्थानीय तहबाट आयुर्वेद औषधि लिनको लागि जिल्लामा आउनेको संख्या बृद्धि भइरहदा अब स्थानीय तहबाटै सेवाा सुरु गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महत्तोले जानकारी दिएका छन् ।
आयुर्वेद औषधिको प्रयोगले मानिसको दिर्घयू हुने गरे पनि कतिपय मानिसहरु छिटो रिजल्ट खाज्ने नियुमा बजारको अन्य औषधी प्रयोग गरिरहेको सन्दर्भमा आयुर्वेदिक औषधिको प्रयोगमा आम नागरिकको ध्यान पु¥याउनको लागि जिल्लाका १० स्थानीय तहबाट आयुर्वेद सेवा सुरु भइरुहेको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जनाएको छ ।
जिल्लाका ६ स्थानीय तहबाट यस अघिका बर्षहरुबाट सेवा दिएको स्वास्थ्ये केन्द्रले आर्थिक बर्ष २०७८÷०७९ को कार्यक्रम अन्र्तगत जिल्लाको डुङ्गेश्वर गाउँपालिका, ठाटिकाँध गाउँपालिका, आठविस नगरपालिका तथा गुराँस गाउँपालिकामा आफ्नो सेवा विस्तार विस्तार गर्दै नागरिक आरोग्य केन्द्र स्थापना गरेको छ ।
पुस १३ गतेबाट नागरिक आरोग्य सेवा केन्द्र स्थापना सुरु गरेको स्वास्थ्य केन्द्र दैलेखले डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, ठाटिकाँध गाउँपालिकाको केन्द्र लकान्द्र, आठविस नगरपालिकाको केन्द्र राकमकर्णालीमा गुराँस गाउँपालिकाको केन्द्र गरि ४ ठाउँमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको छ ।


नागरिक सेवा केन्द्र स्थापना कार्यक्रमा बोल्दै डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का अध्यक्ष राजु खत्रीले नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउन आफु लागि परेको बेला वडामा नागरिक आरोग्य केन्द्र स्थापना हुँदा झन टेवा पुगेको बताए । अनले भने यस वडामा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने सहयोग गर्ने आवुर्वेद स्वास्थ्य केन्द्र दैलेख प्रति हार्दिक आधार छ । यस क्षेत्रका नागरिकहरुले पनि सजिलै आयुर्वेद औषधि पाउने छन् , स्थानीय स्तरमा पाइने आवुर्वेद जडिवुटीहरु संकलन गर्दै यसलाई प्रशोधन गर्ने सकियको खण्डमा उपचारकै लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने छ ।
उत्घाटन कार्यक्रमकै क्रममा आठविस नगरपालिकाका प्रमुख खड्गराज उपाध्याय ठाटिकाँध गाउँपालिकाका उपाध्यक्ष अमृता सिंग गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले पनि आयुर्वेद स्वास्थ्य केन्द्रलाई धन्यवाद दिएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५