दुल्लुमा शिक्षक,विद्यार्थी र अभिभावक प्रोत्साहन कार्यक्रम

दैलेख: शिक्षा क्षेत्र लाई सबल,सफल र गुणस्तर बनाउन,शिक्षक,अभिभावक र विधार्थीहरु बिचको अन्तर सम्बन्धलाई सुधार गर्ने दुल्लु नगरपालिका १२ मा कार्यक्रम गरिएको छ ।
विहिवार दुल्लु नगरपालिका १२ को सुर्योदय माध्यामिक विद्यालय गौरीमा एक कार्यक्रम गरिएको हो । दुल्लु नगरपालिका १२ को वडा स्तरीय शिक्षा समितीको आयोजनामा भएको कार्यक्रममा दुल्लु नगरपालिका १२ का वडाध्यक्ष लिलाराम लम्सालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली पदेशसभा सदस्य माननीय ,सामाजिक बिकास समितीका सभापति घनश्याम भण्डारीको प्रमुख आतिथ्यता र दुल्लु नगरपालिकाका प्रमुख भरत प्रशाद रिजाल, उपमेयर बिना कार्की, प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपाल लगाएत वडा न १२का निर्बाचित जनप्रतिनिधि,नि बर्तमान जनप्रतिनिधि, राजनिती दल, समाजसेबी, बुद्धिजीवी ,शिक्षक स्वास्थ्यका प्रमुख एबम सम्पुर्ण कर्मचारी, महिला स्वास्थ्य स्वयंसेबिका,वडाका कर्मचारी, सम्पुर्ण बिधालयका प्राधानाध्यापक,शिक्षकहरु र अन्य सम्पुर्ण सरोकारवालाहरुको उपस्थितिमा रहेको थियो ।
दुल्लु नगरपालिका भित्रको शैक्षिक क्षेत्रको सुधारको लागि नियमानुसार सञ्चालन भएका विद्यालय र अनुशासित शिक्षक विद्यार्थी लगाएत जिम्मेवारी निर्वाह गर्ने अभिभावकहरुलाई प्रोत्सानको कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको अवसरमा बोल्दै दुल्लु नगरपालिका १२ का वडाध्यक्ष लिलाराम लम्सालले भने “ म पनि एक शिक्षक हो, मैले विगतका दिनहरुमा आफ्नो पुर्ण जिम्मेवारी निर्वाह गर्दै अध्ययन अध्यापनमा बिताएँ, एतिबेला शिक्षा क्षेत्र नराम्रो सँग प्रभावित बन्न पुगेको छ , हामी नियम पालना गर्दै उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षकलाई प्रोत्सान गर्ने र मनपरि गर्नेलाई कार्वाही गर्ने योजनामा छौँ ।” कार्यक्रमको अवसरमा सुर्योदय माविका उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई सम्मान र प्रोत्सान गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५