मुख्यमन्त्री जीवनबहादुर शाहीले लिए शपथ

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई सपथ गराएका हुन ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए पछि प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले सोमबार मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि आह्वान गरेका थिए । तोकिएको समय भित्र तीन दलिय गठबन्धनका प्रदेशसभा सदस्यहरुको हस्ताक्षर लिएर आजै उनले दाबी गरे पछि प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री नियुक्त गरेका हुन ।

३५ सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि १८ जना प्रदेशसभा सदस्य आवश्यक हुन्छ । जसमा मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्रका १२, काँग्रेसका छ र नेकपा (एकिकृत समाजबादी) का तीन जना गरी २१ जनाको समर्थन रहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५