दैलेख प्रहरीद्वारा एक महिनामा ४ लाख राजश्व सङ्कलन ३ सय ९८ सवारी साधन परे कारबाहीमा

दैलेख: दैलेख प्रहरीले एक महिनाको अवधिमा ४ लाख राजश्व सङ्कलन गरेको छ । २०८३ वैशाख महिनाको प्रगति विवरण सार्वजनिक गर्दै दैलेखमा नियम उलङ्घन गर्ने ३ सय ९८ सवारी साधन कारबाहीमा परेको बताएको छ । भने वैशाख महिनामा मात्रै ४ लाख राजश्व सङ्कलन भएको जानकारी दिएको छ ।

 शनिवार जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा वैशाख महिनामा प्रहरीले गरेको गतिविधिको जानकारी दिँदै प्रहरी नायव निरीक्षक (डिएसपी) गणेश बहादुर बरालले जानकारी सो जानकारी दिएका हुन् ।

प्रहरी प्रमुख समेत रहेका बरालले अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ  वैशाखमा कुल ३१ वटा मुद्दा दर्ता भएकोमा विभिन्न मुद्दाका प्रतिवादी २३ जना पक्राउ परेको जानकारी दिए । उनले दैलेखमा जवर्जस्त करणी, आत्महत्या,  हातहतियार, बहुविवाह, ज्यान मार्ने उद्योग, लागु औषध, अभद्र व्यवहार बैङ्किङ कसुर लगायतका मुद्दा परेको बताए ।

एक महिनाको अवधिमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ घरेलु हिंसा सम्बन्धी १८ वटा उजुरी, सामाजिक हिंसा सम्बन्धी १७ वटा उजुरी परेका छन् । वैशाख महिनामा मात्रै ७ जना महिला, २ जना पुरुष र ८ जना बालबालिका हराएका छन् । घरेलु हिंसा तर्फ १८ वटा उजुरी परेकोमा ७ वटाको मात्रै मिलापत्र र १वटा मुद्दा कानुनी प्रक्रियामा पठाएको जानकारी  छ ।

३१ दिनमा ठाडो उजुरीको सङ्ख्या ३६ छ।जस मध्य २८ वटा उजुरी मिलापत्र/ फर्छौट भएका छन् ।

बढ्दो लागु औषध दुर्वेसनीमा भने एक जनालाई पक्राउ गरिएको छ । वैशाख महिनामा दैलेखमा ८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । तथ्याङ्कले सवारी दुर्घटनामा वृद्धि भएको देखाउँछ यस अवधिमा ९ सवारी दुर्घटना हुँदा १७ जना घाइते भएको देखिन्छ ।

प्रहरीले साँगुरो सडक र तीव्र गतिले सवारी दुर्घटना भएको विश्लेषण गरेको छ ।२ थान हातहतियार प्रहरीले बरामद गरेको छ । दैलेखमा आगलागी, चट्याङ्ग र हावाहुरीका ८ वटा घटना घटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिएका छन् ।

प्रहरीले विद्यालय र समुदायमा नागरिक सचेतनाका कार्यक्रम पनि गरिरहेको छ ।एक महिनामा ३४ ठाउँमा सचेतना कार्यक्रम गरेको प्रहरीले दैलेख बजारको मुख्य मुख्य ठाउँमा ११ वटा सिसी क्यामराबाट निगरानी गरेको जानकारी दिएको छ । एक महिनाको अवधिमा मात्रै प्रहरीकोमा १ हजार २ सय ७८ जनाले सेवा लिएको तथ्याङ्क छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५