बास नेपालको दुल्लु उपशाखा गठन

दैलेख: बास नेपाल दुल्लु उपशाखा गठन गरिएको छ ।  सनिबार बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा बसेको बैठकले दुल्लु उपशाखा गठन गरेको हो ।

बास नेपाल कर्णाली प्रदेशका सचिवको प्रमुख अतिथ्यतामा १३ सदस्य दुल्लु उपशाखा गठन गरिएको बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाले खुल्ला प्रेसलाई जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार उपशाखाको अध्यक्षयमा प्रकास प्रसाद आचार्य, उपाध्यक्षमा कमला कुमारी रावत, सचिवमा शुशिल कार्की, सहसचिव उपेन्द्र देवकोटा, कोषाअध्यक्ष जिसिना थापा, सदस्यहरु मनिराज आचायर्, सविना कुमारी थापा, प्रकाश रावत, जगत कुमारी पाण्डे, दिलिप शाही, अस्मीता कुमारी सिंह, ललित थापा र चित्रप्रसाद लम्साल रहेका छन् । उपशाखाले प्रत्यक महिनाको पहिलो सनिबार मासिक बैठक गर्ने निर्णय गरेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५