आफूले आफैँलाई भेदभाव नगरौँ, एमालेले नयाँ र पुराना भनेर भेदभाव गर्दैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन् । एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी संघ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताए ।

‘एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छ,’ उनले भने, ‘हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पुर्याउनुपर्दछ ।’

उनले एकएकजनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनाबद्ध  र अनुशासित बनाएर काम गर्न निर्देशन दिए ।

उनले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गरे । अध्यक्ष ओलीले पार्टीमा आएका नयाँ र पुराना भनेर भेदभाव पनि नगर्ने बताए । ‘पार्टीले भेदभाव गर्दैन । भेदभाव आफूले आफैँलाई नगरौँ,’ उनले थपे ।

अध्यक्ष ओलीले राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमालेमा सबै गोलबन्द भएर काम गर्नुपर्ने बताए । उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) निकट स्थानीय तह कर्मचारी संघ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठसहितको पदाधिकारी एमालेको जनसंगठन पेसागत महासंघ नेपालमा समाहित भएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५