एन आइ सी एशिया बैंकद्धारा दुर्घटना बीमा प्रदान

दैलेखः एन आई सी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचत खातामा उपलब्ध दुर्घटना बीमा फाइदा बापत दैलेख की नन्दा कुमारी कटुवालले १० लाख रुपैयाँ प्राप्त गरेकी छन् ।
एन आई सी एशिया बैंकको कटुवाल दैलेख शाखामा सर्वश्रेष्ठ बचत खाता खोलेका स्वर्गीय चक्र बहादुर कटुवाल दुर्घटना पश्चात् मृत्यु भएपछि निजको श्रीमती नन्दा कुमारी कटुवालले दुर्घटना बीमा वापत १० लाख रुपैयाँ रकम प्राप्त गरेकी हुन ।
बैंकको बचतसँगै बीमा फाइदाको सुविधा अन्तर्गत निज खातावालाको दुर्घटनाबाट मृत्यु भएपछि निजको परिवारलाई खाता वापतको रकम प्रदान गरिएको हो । यस कार्यक्रमका बिच एन आई सि एशिया बैंकका कर्णालि प्रदेश प्रमुख राजन प्रसाद पोखरेलले हिताधिकारीलाई सो रकमबराबरको चेक वितरण गरेका थिए । उत्त कार्यक्रम एन आई सि एशिया बैक दैलेख शाखाका शाखा प्रबन्धक सुजल कुमार मल्लद्वारा सन्चालन भएको थियो र कार्यक्रममा कर्णाली प्रदेशका अप्रेसन प्रमुख अनिल आचार्यको पनि उपस्थिति रहेको थियो ।
देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् ।
साथै, यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५५६ एटिएम,११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५