नेतृत्व विकास तालिम दुल्लुमा सम्पन्न

दैलेख ः आज भोलि युवाहरू के गर्दै होलान् । सबैलाई लाग्न सक्छ । फेसवुबमैै व्यस्त छन् वा माया जालमै व्यस्त छन् । त्यो सोच नै परिवर्तन भैसकेको छैन भने परिवर्तन गर्नुहोस् । आज भोलि दुल्लु नगरपालिका, दैलेखका केही युवाहरू समाज रूपान्तरणमा क्रियाशील भएर काम गरिरहेका छन् ।
नेपालको ठुलो समस्या बाल विवाह हो बालविवाहले दैलेखको दुल्लुमा पनि जरा गाडेको छ । आफ्नो आमा बुवाको बाल विवाह कै कारण आफू स्वयम् प्रभावित रहेको र अझ थप आफू र आफ्ना भाइ बहिनी र साथीहरू पर्न सक्ने आफू लगायत पछिको पीढीको अझै जीवन अन्धकार हुन सक्ने भएकोले बाल विवाहमा जनचेतना फैलाउन, बाल विवाहबाट हुने नकारात्मक असरका बारेमा युवाहरू घरदैलो गरेर विभिन्न अभियानका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
दुल्लु नगरपालिकाले बाल विवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । यस पालिकाका ३ वटा वडा बाल विवाह मुक्त भैसकेका छन् । बालविवाह मुक्त भएकै कारण यहाँ बाल विवाहका घटनामा कमी आएको र अन्य थप ३ वडामा आवाजको सहजीकरण मा व्यापक रूपमा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
बाल विवाह रोक्न युवा समूह परिचालन गर्नु पनि एक हो । युवा समूह परिचालन गर्दा अझ बढी प्रभावकारी भएको र थप प्रभावकारी रूपमा युवाहरूलाई परिचालन गर्न युवाहरूको नेतृत्व विकास तालिम आवसेक देखिएकोले दुल्लुका युवालाई ४५ जनालाई एक दिनको तालिमको सन्चालन गरेको मनोबिमर्सकर्ता तारा आचार्यले जानकारी गराइन ।
तालिम एक दिनको भए पनि तालिमले युवालाई सशक्त रूपमा स्व परिचालित हुन सहयोग मिल्ने सक्रिय युवा समूहका अध्यक्ष नारायण रिजालले बताए । तालिम सङ्कल्प परियोजना एकपात लक्जम्बर्गको आर्थिक सहयोग र दुल्लु नगरपालिकाको समन्वयमा तथा आवाजको सहजीकरण भएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५