दैलेख ः बोनम्यारोसम्बन्धी रोगका कारण मृत्यु भएका पत्रकार डिलप्रकाश शर्माको आमालाई आर्थिक सहयोग गरिएको छ । विहीबार सुर्खेत स्थित शर्माको घरमा पुगेर आर्थिक सहयोग गरिएको हो ।
अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजाका तर्फवाट आर्थिक सहयोग गरिएको नेपाल पत्रकार महाँसंघ दैलेखका अध्यक्ष तथा समाजबादी प्रेस संगठन कर्णाली प्रदेशका संयोजक यज्ञराज थापाले जानकारी दिए । उनका अनुसार पत्रकार डिलप्रकाश शर्माकी आमालाई ६५ हजार रुपैयाको चेक सहयोग प्रदान गरिएको छ ।
दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. २ साविकको रुम गाविस वडा नं. ७ चिउरामा २०५३ फागुन ४ गते जन्मेका शर्माको २३ बर्षको उमेरमा मृत्यु भएको थियो । सानै उम्मेर देखि पत्रकारीता क्षेत्रमा आफ्नो छवी बनाएका पत्रकार शर्माको निधन भएको २ बर्ष पुगेको छ ।




खुल्ला प्रेस । २५ कार्तिक २०७८, बिहीबार २०:१९