१३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

सुर्खेत : सुर्खेत प्रहरीले सामुहिक बलत्कारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

शनिवार प्रहरीले पश्चिम सुर्खेतस्थित एक १३ वर्षीया बालिकालाई सामुहिक बलत्कारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो ।

बिहीबार राति घर नजिकै नाच हेर्ने गएकी बालिकाकालाई पाँच जनाले फरक फरक ठाउँमा बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँको भएका कारण बलात्कारको घटना योजनावद्ध रूपमा घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शनिबार बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

‘फरक–फरक ठाउँमा तीन जनाले बलात्कार गरेको, एक जनाले बलात्कार प्रयास गरेको र एक जना साथमा गएर बोलाउने काम गरेको भन्ने कुरा आरोपीहरूले स्वीकारेका छन्,’ उपरीक्षक थापाले भने, ‘एकै रात फरक–फरक ठाउँमा घटना भएकोले त्यसको विस्तृत अनुसन्धानमा प्रहरी लागेको छ ।

’ प्रहरीले अहिले आरोपीहरूको उमेर बुझ्न उनीहरूको जन्मदर्ताको प्रमाण पत्र खोजिरहेको जानकारी दिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५