दैलेख ः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दैलेखमा वडा, पालिका प्रदेश र केन्द्रको महाधिवेशन सकिएको छ । जिल्ला अधिवेशनको तयारी अन्तीम चरणमा पुगेको छ ।
अहिले नेता तथा कार्यक्रताहरु आफ्नो पक्षमा मद माग्न ब्यस्त छन् केन्द्रमा गुटगत राजनितिको असर जिल्ला सम्म परेको सन्दर्भ छ र हाल दैलेख जिल्लामा पौडेल पक्ष र देउवापक्षले आफ्नो समुहलाई भोट दिएर १४ औँ महाधिवेशन जिल्लासभापति तथा अन्य प्रतिनिधि आफ्नो पक्षका विषयी गराउन दौडधुप चलिरहेकोबेला लामो समय देखि पौडले पक्षमा रहेका धिरेन्द्र सापकोटा देउवा पक्षका उम्मेद्धार घनश्याम भण्डारीको समुहबाट सहसचिवमा उमेद्धारी दिने भएका छन् ।
ने.वि.संघको पुर्व अध्यक्ष नेपाली काँग्रेस दैलेखको जिल्ला कमिट सदस्य तथा १३ औ महाधिवेशनमा सबै भन्दा बढि भोट ल्याएका उनि क्षेत्र नं २ बाट महाधिवेशनमा सर्बाधिक भोट ल्याउने ब्यक्ति हुन् । उनि हाल सम्म पौडल पक्षमा सकृय रुपमा लागेका थिए ।
१४ औँ महाधिवेशनमा घनश्याम भण्डारीलाई जिल्ला सभापतिमा जिताउने उद्देश्यका साथ भण्डारीको प्यानलबाट सह सचिबमा उम्मेद्धारी दिदै यसै समुहमा रहेर काम गरी सहमति भएको नेपाली काँग्रेसका एक नेताले जानकारी दिए ।
खुल्ला प्रेस । १० मंसिर २०७८, शुक्रबार ०८:३५