जिसस दैलेखको मतदान सकियो, मत गणना केहीबेरमा हुने

दैलेख : जिल्ला समन्वय समिति दैलेखको निर्वाचन अन्तरगर्त मतदान सकिएको छ । कर्णाली प्रदेशमा सबै भन्दा धेरै ११ वटा पालिकाका २२ जना प्रमुख तथा उपप्रमुख मतदाता छन् । जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली काँग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाता छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २२ मत खसेको छ । मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले मतदानको कार्यक्रम सकिएको र केहि बेरमा मत गणना सुरु हुने बताए ।

जिल्ला समन्वय समितिको प्रमुखमा सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको तर्फबाट काँग्रेसकी दुर्गा कुमारी श्रेष्ठको उम्मेदवारी छ । प्रमुखमा नमराज शाहीको स्वतन्त्र उम्मेदवारी छ । उपप्रमुखमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी शान्ति शाही र एमालेका केशवबहादुर शाहीबीच प्रतिस्पर्धा भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५