देउवालाई भेटेर प्रचण्ड र नेपालले भने- एमसीसी पास गर्न सहयोग गर्न सकिँदैन

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्न नसकिने बताएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले एमसीसीप्रति आफ्नो दलको धारणा प्रष्ट पारेका हुन्। प्रधानमन्त्री देउवालाई भेट्नुअघि दुई नेताले बुधबार छुट्टै छलफल गरेका थिए।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले एमसीसीप्रति आफ्नो दलको धारणा प्रष्ट पारेका हुन्। प्रधानमन्त्री देउवालाई भेट्नुअघि दुई नेताले बुधबार छुट्टै छलफल गरेका थिए।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा उनीहरुले एमसीसीबारे साझा धारणा तय गरेर बिहीबार प्रधानमन्त्री देउवालाई भेटेका हुन्।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनले फागुन १६ भित्र एमसीसीबारे टुंगो लगाउन दबाब दिएको छ। सत्ता गठबन्धनका दलहरुबीच यस विषयमा साझा धारणा नबन्दा प्रतिनिधि सभाको बैठकसमेत सरेको सर्‍यै भइरहेको छ।

सत्ता गठबन्धनकै दलहरु एकीकृत समाजवादी र जनमोर्चा एमसीसीविरुद्ध सडक संघर्षमा छन्। नेपाल लाइभबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५