महिलालाई आत्मनिर्भर बनाउन जरुरी

दैलेख : नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले महिला माथि हुने सबै खाले हिंसा रोकथाम गर्न, आत्मनिर्भर बनाउन सीप र क्षमताको विकास गर्नुपर्ने बताएका छन् । ११२ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित खुलामञ्चको कार्यक्रममा उनले महिलाहरुको क्षमता विकास र आत्मनिर्भरता अभिबृद्धिका निम्ति सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको तर ती कार्यक्रमहरुको उचित सदुपयोग हुनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा नेपाल काँग्रेसका महाधिवेसन प्रतिनिधि मीना थापाले महिला तथा पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायका निम्ति संघ, प्रदेश र स्थानीय सरकारले ठोस कार्यक्रमहरु ल्याउन नसकेको टिप्पणी गरिन् । थापाले महिला लक्षित कार्यक्रमहरु प्रभावकारी हुन सकेका छैनन् भन्ने कुरा अन्तरराष्ट्रिय महिला दिवसमा न्यून उपस्थितिले पनि प्रष्ट्याएको औल्याइन् ।

सोहि अबसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले पठाएको सन्देश सुनाइएको थियो । ‘महिला मुक्तिका लागि स्वयम् महिलाहरुको अग्रसरता जरुरी रहेको उनले पठाएको सन्देशमा उल्लेख छ । महिला नेतृ सरस्वती श्रेष्ठले स्थानीय सरकार आएपछि बढाउदै लग्नुपर्नेमा महिला तथा लक्षित वर्गका बजेट कार्यक्रम कटौती गरिएकोमा आपत्ति जनाइन् ।

जनता आधारभूत विद्यालय जाहरकोटकी प्रधाध्यापक मेनुका गौतमले महिलाहरुको सशक्तिकरण बढ्दै गए पनि पछाडि पारिएका महिलाहरुले लाभ लिन नसकेका बताइन् । नारायण नगरपालिका–७ का वडासदस्य निर्मला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघका कार्यवहाक सभापति दुर्गा श्रेष्ठ, सामाजिक सेवा केन्द्र (सोसेक)का उपकार्यकारी निर्देशक दुर्गा गिरी, अधिकारकर्मी रमा श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रम स्थलमा पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले बाल विवाह रोकथाम सम्वन्धी सडक नाटक प्रर्दशन गर्नुसंगै मिसा दय दवुका बाल कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए । यसैबीच नेपाल परिवार नियोजन संघको आयोजनामा भएको म्यूजिकल चियर प्रतियोगितामा नारायण नगरपालिका कानून अधिकृत पूजा खड्का प्रथम भएर सात सय रुपैंयाँ पुरस्कार जितेकी छिन् । प्रतियोगितामा शर्मिला रावल द्धितीय, शर्मिला देवकोटा तृतीय र रेचल थापाले सान्त्वना स्थान हासिल गरी नगद पुरस्कार जितेका थिए ।

सदरमुकामको गणेशचोकबाट नारा, प्लेकार्ड सहितको जुलुसले नयाँबजार, देवकोटाचोक, पुरानोबजार हुँदै नगर परिक्रमापछि सभामा परिणत भएको थियो । नारायण नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, इन्सेक, सुन्दर नेपाल संस्था, सीवीओ महासंघ, एभरेष्ट क्लव, सीएमसी, महिला सशक्तिकरण मञ्च, नेपाल परिवार नियोजन संघ लगायतको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । सन् १९०९ मा संयुक्त राष्ट्र सङ्घको निर्णय अनुसार सन् १९१० मा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा थालिएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५