दैलेख: दैलेखमा खुला क्रिकेट प्रतियोगिता हुने भएको छ बुधवारबाट सुरु हुने क्रिकेटको तयारी पुरा भएको आयोजकले बताएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ सुरु हुन लागेको खेलकुद प्रतियोगिता नारायण क्याम्पस दैलेखमा सञ्चालन हुने छ ।
दैलेख मोडेल स्कुल दैलेखको आयोजना तथा ग्लोबल बैङ्क दैलेख शाखा, नारायण नगरपालिका वडा नम्बर ६ को कार्यालय, देउती पुस्तक पसल र बास नेपाल दैलेख शाखाको सहयोगमा माघ १६ गते देखि माघ १९ गते सम्म जिल्ला स्तरीय प्रथम फाउन्डर टी-१२ क्रिकेट कप-२०८१ गर्न लागिएको मोडेल स्कुल दैलेखका प्रिन्सिपल सुरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार एक टिममा १२ जना खेलाडी र १ जना प्रशिक्षक रहने छन् ।
प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्ने टिमले ३० हजार १ सय नगद, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले १५ हजार १ यस नगद, मेडल र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने टिमले ७ हजार १ यस नगद, मेडल र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ ।मङ्गलवारसम्म ८ वटा टिम दर्ता भएको जानकारी छ ।
खुल्ला प्रेस । १५ माघ २०८१, मंगलवार २१:१४