कर्णाली समृद्ध प्रदेश बन्न सक्छ: पूर्व मुख्यमन्त्री शाही

दुल्लुः कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले कर्णाली मुलुकको सबैभन्दा राम्रो प्रदेश बन्न सक्ने बताएका छन्।
नेपाली कांग्रेस दैलेख क्षेत्र नं. २ मा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले पेट्रोलियम पदार्थ, पर्यटन र जडीबुटीको सम्भावनाले कर्णालीलाई समृद्ध बनाउन सक्ने धारणा राखे। योसँगै कर्णालीको दोगो विकासका सबै राजनीतिक दलहरु एकठाउँमा उभिन आग्रह गरे।
विकासमा संकुचित मानसिकता बनाउँदा कर्णालीको विकासले फडको मार्न नसकेको जिकिर गर्दै यसतर्फ सचेत हुनुपर्ने बताए।
एकजना मान्छे खराब हुँदा देशभरका अन्य व्यक्तिले समग्र कर्णाली प्रति दृष्टिकोणमा नकारात्मक भाष्य सिर्जना हुने बताए। कर्णालीको असल परिचयका लागि सबै तहमा जिम्मेवार व्यक्तिको कार्यशैलीमा सुधार हुनुपर्ने बताए।
राजनीतिक अस्थिरताका कारण काम गर्न कठिन भएको बताए। स्थायित्वका लागि निर्वाचनमा जनमत निर्माण गर्नुपर्ने विकल्प प्रस्तुत गर्दै पार्टीका गतिविधिमा थप सुदृढ गर्न आग्रह गरे।


अरूको लहडमा लागेर आफ्नो राजनीतिमा करिअर बिगार्नु नहुने पार्टी कार्यकर्तालाई सुझाव दिए। जनप्रतिनिधिले ठीक ढंगबाट काम गर्न सक्यो भने पार्टी स्वतः गतिशील बन्ने भएकोले सोही अनुरुप काम गर्नुपर्ने बताए।
कर्णालीको व्यक्तिले अब केन्द्रीय राजनीतिमा प्रभाव राख्नुपर्ने बताए। अन्य प्रदेशबाट मुलुकको राजनीतिक नेतृत्वमा पुगेपनि कर्णालीको नेतृत्व बन्न नसकेको धारणा राखे। यसका लागि खुट्टा तान्ने प्रवृत्ति प्रमुख कारण भएको टिप्पणी गरे।
कार्यक्रमममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीको विकासका लागि पार्टी नेतृत्व र कार्यकर्ताको साथ आवश्यक रहेको बताए। आफ्नो कार्यसम्पादनको सिलसिलामा आम नागरिकबाट आउने रचनात्मक सुझावलाई ग्रहण गर्दै सोही अनुरुप कार्यशैली अपनाइएको प्रष्ट पारे।
कर्णालीको शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद र महिला बालबालिका लगायत सामाजिक विकास क्षेत्रमा मन्त्रालयको नीति कार्यक्रमहरुलाई प्रभाबकारी ढंगले कार्यान्वयन गरिने प्रतिवद्धता जनाए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५