दैलेखमा ‘स्लो बाइक’ प्रतियोगिता हुदै

दैलेखः दैलेखमा ‘स्लो बाइक’ प्रतियोगिता हुने भएको छ । बास नेपाल दैलेख शाखाको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय दैलेखको सहजिकरणमा माघ ६ गते शनिबार ‘स्लो बाइक’ प्रतियोगिता हुने भएको हो ।
दिनानुदिन बढिरहेको दुर्घटना न्यूनीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले ‘स्लो बाइक प्रतिस्पर्धा’ प्रतियोगिता गर्न लागिएको बास नेपाल दैलेख शाखाले जानकारी दिएको छ ।
बास नेपाल दैलेख शाखाले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाका विभिन्न साझेदार सरकारी तथा गैर सरकारी संस्था तथा ब्यक्तिहरुको सहयोगमा काँडाचौरमा प्रतियोगिता गर्ने लागिएको छ । प्रतियोगितामा सबै भन्दा ढिलो बाइक चलाएर प्रथम स्थान हाँसिल गर्नेले १० हजार रुपैयाँ नगद र प्रमाणपत्र पाउने छ ।

दितिय स्थान हाँसिल गर्नेले ७ हजार रुपैयाँ नगद र प्रमाणपत्र, तृतिय स्थान हाँसिल गर्नेले ५ हजार रुपैयाँ नगद र प्रमाण पत्र पाउने ब्यवस्था मिलाईएको छ । प्रतियोगितामा भाग लिन चाहाने महिला तथा पुरुषले माघ ५ गते साँझ ५ बजेसम्म नाम दर्ता गराई सक्नुपर्ने छ । नाम दर्ता शुल्क रु ५ सय लाग्ने जनाइएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५