विवाहको प्रलोभनमा १७ बर्षीया बालिकामाथि बलात्कार

दैलेख : दैलेखमा विवाह गर्ने प्रलोभन देखाएर मध्यराती एक बालिकामाथी बलात्कार भएको घटना सार्वजनिक भएको छ । १७ बर्षीय बालिकामाथी ४० बर्षीय केशव सुजीले बलात्कार गरेको पीडित परिवारले जनाएको छ ।

सुजीले बालिकालाई विवाह गर्ने लगाएतका प्रलोभनमा पारी अरु कोहिसँग विवाह गरेमा बेईज्जत गरीदिन्छु भन्दै डर त्रास देखाएर बलात्कार गरेको पीडित परिवारको भनाई छ ।

कात्तिक २२ गते राती ११ बजेको समयमा सुजीले ती बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दरखास्त दिएको थियो । प्रहरीका अनुसार सुजी पेटी ठेकेदार हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मजदुरको रुपमा काम गरिरहेकी बालिकालाई सुजीले विवाह गर्ने लगाएतका प्रलोभनमा पारेर डर त्रास देखाएर जबरजस्तीकरणी गरेको खुलेको छ ।

परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पीडक सुजीलाई पक्राउ गरेको छ । पक्राउ परेका सुजीमाथी दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५