खुट्टाको उपचारको लागि कोरियामा रहेका नेपालीबाट २ लाख ६५ हजार सहयोग

दैलेख : कैलाली जिल्ला लम्किचुहा नगरपालिका वडा नं. ७ का गङ्गा प्रसाद न्यौपानेलाई खुट्टाको उपचारको लागि कोरियामा रहेका नेपालीहरूले सहयोग गरेका छन् ।

उनको २ वर्ष अगाडि भिरबाट खसेर खुट्टा भाँचिएको थियो । खुट्टाको उपचारको लागि घरपरिवार सँग आर्थिक नहुँदा उनी २ वर्ष देखि भाँचिएको खुट्टा उपचारको लागि छटपटाई रहेका थिए । आफन्तको सहयोगमा अस्पताल गएका न्यौपानेलाई काठमाडौँमा रहेको ट्रमा सेन्टर अस्पतालले खुट्टाको अवस्था झन् बिग्रिएको भन्दै खुट्टा काट्नुपर्ने सुझाव दिए पछि उनी झन् पिडामा परे डाक्टरको सल्लाह अनुसार उनी खुट्टा कटान र कृत्रिम खुट्टा राख्न मन्जुर त भए उनी सँग यो गर्ने आर्थिक थिएन ।

औषधि उपचार गर्ने नसक्ने स्थितिमा रहेका न्यौपानेलाई कृत्रिम खुट्टा राख्न झनै समस्या भएको भन्दै कोरियामा रहेका नेपालीहरूले उनको थप उपचार तथा कृत्रिम खुट्टाको लागि सहयोग गरेका छन् ।

आपत्कालीन अवस्थामा सहयोग गर्नुपर्छ भन्दै कोरियामा रहेका नेपालीहरूले सहयोग रकम उठाएर सोमबार उनी बिरामीकै हातमा २ लाख ६५ हजार नेपाली रुपैयाँ हस्तान्तरण गरिएको महेश रेग्मीले खुल्ला प्रेसलाई जानकारी दिए । उनका अनुसार २६ लाख ८५ हजार चार सय ९९ कोरियान वन रुपैयाँ कोरियामा रहेका नेपालीहरूले उठाएका थिए त्यसको नेपाली २ लाख ६५ हजार रुपैयाँ हुन्छ ।

समस्या पर्दा सहयोग गर्ने मानवको धर्म भएकाले कोरियामा रहेका १०० भन्दा नेपालीले रकम उठाएर नेपाल पठायौँ नेपालमा रहेका साथीहरूले बिरामीलाई हस्तान्तरण गर्नुभएको छ । कोरियामा रहेका केशव दाहालले भने ।

यता खुट्टाको उपचार आर्थिक अवस्थाले छट्पटाईरहेका गङ्गा प्रसाद न्यौपाने र उनका परिवार सहयोग पाएपछि केही खुसी भएका छन् । सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै उनले भने ‘कृत्रिम खुट्टा बनाउन डाक्टरको सल्लाह अनुसार ३ लाख देखि २० लाख रुपैयाँ सम्म लाग्ने भएकोले अझ धेरै पैसा आवश्यक पर्छ,आज पाएको पैसा औषधि मै खर्च हुने भएकोले थप सहयोग गर्दिन स्वदेश तथा विदेशमा रहनुहुने साथीहरूलाई अनुरोध गर्दछु’।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५