गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

दाङ : उत्सर्ग फिल्मस् नेपालले सञ्चारकर्मी एवं गीतकार सविन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, सञ्चार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रूपान्तरणमा विशिष्ट योगदान पु¥याएकाले प्रियासनलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले बताए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं सञ्चार क्षेत्रमा क्रियाशील छन् । रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १० वटा उपन्यास,  । सपनाभित्रको सपना (कथा संग्रह) र सम्पादकीय (लेख संग्रह) गरी साहित्यकार प्रियासनका १२ वटा कृति प्रकाशित छन् । दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्माता हुनुहुन्छ । उहाँका ७ वटा गीतहरू रेकर्ड भएका छन् । प्रियासन गत वर्ष जनसेवा पदकबाट विभूषित भएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५