काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक अध्यक्ष पदमा पदबहाली गरेका छन् । उनले पार्टी कार्यालय थापाथली पुगेर पदबहाली गरेका हुन् ।
चितवनमा भएको राष्ट्रिय महाधिवेशनको निर्वाचनबाट ओली १८३७ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आज पदबहाली गरेका छन् ।
अध्यक्ष ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङलगायतले पार्टी कार्यालयमा स्वागत गरेका थिए ।
महासचिव पोखरेलले अध्यक्ष ओलीलाई पदबहाली गर्नुअघि हस्ताक्षर गर्नका लागि फाइल हातमा दिएका थिए । सर्वसम्मति अध्यक्ष भएर चितवनबाट फर्कन चाहेका ओली अन्ततः मतदान प्रक्रियामा सामेल भएर निर्वाचित भएका थिए ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १७ मंसिर २०७८, शुक्रबार १३:४८