भगवतीमाईमा चौथो राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता

कृष्णकमल अधिकारी

दैलखः भगवतीमाई गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने नारा सहित बिहबार भगवतीमाई खेलकुद विकास समितिका अध्यक्ष समशेर खड्काको अध्यक्षतामा प्रतियोगिताको शुरु गरिएको हो ।
भगवतीमाई गाउँपालिमा खेलकुद विकास समिति बेस्तडाकाे आयोजनमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेशका उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले गरेका थिए । मन्त्री बि.सीले खेलकुदका माध्यमबाट समाजमा सकारात्मक सन्देश जाने वताएका छन् । भगवतीमाई गाउँपालिकामा विहीवारदेखी सुरु भएको गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री वि.सीले यस्तो वताएका हुन् ।
उद्घाटन कार्यक्रममा वोल्दै मन्त्री वि.सीले दैलेखको पहिचान र इतिहास राख्न दैलेख खेलकुदको महत्वपूर्ण भुमिका हुने वताए । उनले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने भएकाले खेलकुदको क्षेत्रमा सबैले सक्दो सहयोग गर्नुपर्ने वताए ।
यस्तै एक फरक प्रसंगमा मन्त्री वि.सीले भगवतीमाई गाउँपालिकाका बिकासका समस्यालाई आफुले विषेश रुपमा हेरिरहेको भन्दै आफुले महत्वका साथ सम्बोधन गर्ने पनि वताए । उनले दैलेख जिल्लाका कुनै पनि पालिकालाई काखा र पाखा नगरेर समग्र जिल्लाको विकासका लागि आफु सँधै दत्तचित्त भएर लागिरहेको बताएका छन् ।

मंसिर २१ गते देखि २४ गते सम्म संचालन हुने प्रतियोगितामा भगवतीमाई भित्रका ८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको भगवतीमाई गाउँपालिका खेलकुद विकास समितिका सदस्य तेज बहादुर नेपालीले खुल्ला प्रेसलाई जानकारी दिए । उनले दिएको जानकारी अनुसार एथलेटिक्स तर्फका खेल भगवतीमाई मिनि स्टेडियममा खेलाइने र भलिबल खेल ज्वाला माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइन छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५